नगरपालिकाका संघको मधेश संयोजकमा जनकपुरधामका मेयर साह मनोनित

२२ असार , जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह नेपाल नगरपालिकाका संघ (MuAN) को मधेश प्रदेश समितिको संयोजक तथा केन्द्रीय कार्यसमिति (पदेन सदस्य) मा मनोनित भएका छन्।
नेपाल नगरपालिकाका संघको २०८३ असार १९ गते सम्पन्न कार्यसमिति बैठक को निर्णयअनुसार साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा ले हस्ताक्षर गरेको मनोनयन पत्रमार्फत साहलाई मधेश प्रदेश समितिको संयोजक एवं केन्द्रीय कार्यसमिति (पदेन सदस्य) पदमा मनोनयन गरिएको जानकारी गराइएको छ।
पत्रमा नवमनोनयनप्रति बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ।
मनोज कुमार साहको मनोनयनसँगै मधेश प्रदेशका नगरपालिकाहरूबीच समन्वय, सहकार्य तथा स्थानीय सरकारका साझा मुद्दा उठानमा थप प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more