धनुषा: राष्ट्रिय मुक्ति पार्टीका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गर्ने

१६ माघ, जनकपुरधाम।  — राष्ट्रिय मुक्ति पार्टी नेपालका २२ पदाधिकारीसहित दर्जनौँ नेता र कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल  (छाता छाप) मा प्रवेश गर्ने भएका छन्।
पार्टीका पदाधिकारीहरूले आफूहरू राष्ट्रिय मुक्ति पार्टीबाट राजीनामा दिएको र आगामी दिनमा राजनीतिक गतिविधि जसपा नेपाल अन्तर्गत अघि बढाउने निर्णय गरेका हुन्। प्रवेश गर्ने नेताहरूले पार्टीभित्र नेतृत्व, संगठन विस्तार र क्षेत्रीय योजना कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच, जसपा नेपालका नेतृत्वले नयाँ प्रवेश गर्ने कार्यकर्ता र पदाधिकारीलाई स्वागत गर्दै पार्टीको संगठन मजबुत बनाउने तथा आगामी निर्वाचनमा एकजुट भएर अभियान चलाउने तयारी गरिएको जनाएका छन्।
राजनीतिक विश्लेषकहरूले धनुषा क्षेत्रमा यस कदमले जसपा नेपाललाई स्थानीय तहमा बलियो बनाउने र आगामी चुनावी प्रतिस्पर्धामा प्रभाव पार्ने बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more