२१ माघ, जनकपुरधाम। — नेकपा एमाले निकट सुरक्षा संगठन ‘नेशनल भोलन्टियर फोर्स’ धनुषाको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ। भेलाबाट जुझारु युवा नेता राजन कुमार यादव जिल्ला समन्वय कमाण्डरमा चयन भएका छन्।
कार्यक्रममा सहभागी नेताहरूले नव–चयनित कमाण्डर यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेलाले संगठनलाई जिल्लाभर सशक्त र प्रभावकारी रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।
नव–निर्वाचित कमाण्डर यादवले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै निर्वाचन केन्द्रित लक्ष्यहरू सफलतापूर्वक पूरा गर्ने बताएका छन्। उनले युवाशक्तिलाई संगठित गरी पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने धारणा व्यक्त गरे।भेलाले संगठन विस्तार, सदस्यता अभिवृद्धि र अनुशासित स्वयंसेवी परिचालनलाई प्राथमिकतामा राख्ने निर्णय समेत गरेको जनाएको छ।

















