तोलामा ५ हजार बढ्यो सुन

१५ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ४ हजार रुपैयाँ बढेको छ । गत आइतबार २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७२० रुपैयाँमा झरेको छ । एक साताअघि गत आइतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचारहरु

एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

Read more

रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

Read more