कार्की आयोगको प्रतिवेदनपछि ओली–लेखक पक्राउ, १० दिन म्याद मागिँदै

१५ चैत, काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक लाई कम्तीमा १० दिन हिरासतमा राख्न अनुमति माग्ने तयारी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकारीहरूले सरकारी वकिलसँग समन्वय गर्दै दुवै जनालाई हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतसँग म्याद माग्ने तयारी गरेका हुन् ।
लेखकलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइसकेको छ भने ओलीलाई भर्चुअल माध्यमबाट ‘भिडियो कल’मार्फत इजलाससमक्ष उपस्थित गराइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश बस्नेत ले भने, “हिजो पक्राउ गरेपछि थप कानुनी प्रक्रिया अघि बढाएका छौं, अदालतबाट म्याद लिएपछि विस्तृत अनुसन्धान सुरु हुन्छ ।”
२३ र २४ भदौमा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि यो प्रक्रिया अघि बढाइएको हो । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा निगरानीमा राखिएको छ । उता, उनको पक्राउको विरोधमा एमालेले विभिन्न स्थानमा प्रदर्शनसमेत गरिरहेको छ ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more