तराईमा अत्यधिक गर्मी, पाँच दिन तातो लहरको जोखिम

३ अषाढ, जनकपुरधाम। — देशका विभिन्न तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको भन्दै जल तथा मौसम विज्ञान विभाग ले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
विभागका अनुसार लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको छ। आगामी पाँच दिनसम्म तातो हावा तथा तातो लहर (हीट वेभ) को सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।
विभागले तातो हावा तथा तातो लहरका कारण थकान महसुस हुने, कमजोरी बढ्ने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने जनाएको छ।
यस्ता जोखिमबाट बच्न विभागले दिउँसोको अत्यधिक गर्मीमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर जाँदा टाउको छोप्न वा टोपी प्रयोग गर्न तथा पर्याप्त मात्रामा पानी, जुस, सर्बतलगायत झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ।
स्वास्थ्यमा कुनै समस्या देखिएमा स्वास्थ्यकर्मीसँग तत्काल सम्पर्क गरी आवश्यक परामर्श लिन पनि विभागले आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more