काठमाडौंका मेयर बालेन्द्र शाह शोकमा— पिता रामनारायण शाहको निधन

मंसिर १५, काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आज व्यक्तिगत जीवनको सबैभन्दा कठिन क्षणले छोएको छ। उनका पिता रामनारायण शाहको सिभिल अस्पताल, काठमाडौंमा उपचारका क्रममा निधन भएको छ। चिकित्सक स्रोतका अनुसार पिसाबको संक्रमण (युरिनरी ट्रयाक्ट इन्फेक्सन) सुरुमा सामान्य रहेपनि क्रमशः शरीरभरि फैलिँदै जाँदा स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेको थियो। संक्रमण अनियन्त्रित भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो, तर स्वास्थ्य प्रणालीका सबै प्रयास असफल हुँदा उनले अन्ततः जीवन गुमाए।

मेयर शाहलाई सान्त्वना तथा समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की समेत अस्पतालमै पुगेकी थिइन्। उनले चिकित्सक तथा अस्पताल प्रशासनसँग स्वास्थ्य अवस्थाको विस्तृत जानकारी लिँदै मेयर शाहसँग प्रत्यक्ष भेटेर परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी थिइन्। प्रधानमन्त्रीले शोकाकुल परिवारलाई धैर्य धारण गर्न प्रेरित गर्दै “यो क्षति एउटा परिवारको मात्र होइन, जिम्मेवार सार्वजनिक नेतृत्वमाथि परेको ठूलो व्यक्तिगत क्षति हो” भन्दै सान्त्वना व्यक्त गरेकी थिइन्।

 

 

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more