कांग्रेस केन्द्रीय सदस्यमा मधेशी महिला तर्फ ममता कुमारी महतोको उम्मेदवारी

२१ असोज, काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेशी महिला तर्फ केन्द्रीय सदस्य पदका लागि ममता कुमारी महतोले उम्मेदवारी दिएकी छन्।

लामो समयदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै पार्टी संगठनमा सक्रिय रहँदै आएकी महतोले पार्टीभित्रको आफ्नो सांगठनिक अनुभवका आधारमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन्।

महतो नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएर काम गर्नुका साथै नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी छन्। त्यस्तै, पार्टीको केन्द्रीय तहमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव पनि रहेको उनले बताएकी छन्।

मधेशी महिला तर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीलाई महतोले मधेशका महिला, युवा तथा आम कांग्रेस कार्यकर्ताको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रयासका रूपमा प्रस्तुत गरेकी छन्।

मधेशको माटोमा हुर्किएकी चेलीका रूपमा पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहेको उल्लेख गर्दै महतोले महिला तथा युवाको सहभागिता र कार्यकर्ताका सवाललाई केन्द्रीय तहमा थप प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले आफ्नो उम्मेदवारी पद प्राप्त गर्ने आकांक्षा मात्र नभई पार्टीको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको बताएकी छन्। साथै, केन्द्रीय सदस्यका रूपमा प्राप्त हुने जिम्मेवारीलाई निष्ठा, इमानदारी र निरन्तर संघर्षका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more