ऐकरहियामा काली पूजा:शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

कार्तिक ५, जनकपुरधाम।अभनिस झा —महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१ ऐकरहियामा काली पूजाको शुभ अवसरमा स्थानीय जनसमुदायद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम हर्षोल्लासका साथ भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका मुख्यमन्त्री माननीय जितेन्द्र प्रसाद सोनलले समाजमा सकारात्मक सोचको प्रवाह अत्यावश्यक भएको बताउँदै सबैलाई एकताबद्ध भएर सद्भाव, भाईचारा र सामाजिक सहअस्तित्वको सन्देश फैलाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सकारात्मक सोचले जातपात, छुवाछूत र भेदभावजस्ता सामाजिक कुरीतिहरूको अन्त्य गर्छ र मानिसलाई सही बाटोमा डोर्याउँछ।”

मुख्यमन्त्री सोनलले सो अवसरमा ऐकरहिया स्थित काली मन्दिरको विकास तथा संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रममा मुख्यमन्त्री सोनलले पूजा समिति तथा अगुवा समाजसेवीहरूलाई सम्मानसमेत गर्नुभएको थियो। कार्यक्रममा पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादव, गाउँपालिकाका अन्य जनप्रतिनिधिहरू, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, समाजसेवी तथा स्थानीय जनसमुदायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more