उच्च अदालतको फैसलापछि जानकी मन्दिर विवाद अन्त्य

५ जेठ, जनकपुरधाम। उच्च अदालतले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिर को उत्तराधिकारी महन्तका रूपमा रामरोशन दासलाई मान्यता दिने फैसला गरेको छ। अदालतको उक्त निर्णयसँगै लामो समयदेखि चल्दै आएको विवाद अन्त्य भएको बताइएको छ।
अदालतको निर्णय सार्वजनिक भएसँगै धार्मिक तथा सामाजिक वृत्तमा स्वागत गरिएको छ। साधुसन्त, श्रद्धालु तथा शुभेच्छुकहरूले रामरोशन दासलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले मन्दिरको धार्मिक परम्परा, सांस्कृतिक संरक्षण तथा व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
स्थानीयवासीहरूले पनि अदालतको निर्णयले जानकी मन्दिरसँग सम्बन्धित अन्योलको अवस्था अन्त्य भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले अब मन्दिरका धार्मिक गतिविधि, व्यवस्थापन तथा विकास निर्माणका कार्यहरू थप प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरेका छन्।
फैसलापछि सामाजिक सञ्जालमा समेत ‘जय सियाराम’ नारासहित समर्थन तथा शुभकामनाका सन्देशहरू व्यापक रूपमा साझा भइरहेका छन्।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more