आज अपराह्न मन्त्रिपरिषद् बैठक, साँझ प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा पहिलो सम्बोधन

असोज ९, काठमाडौ । आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ भने साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा आफ्नो पहिलो सम्बोधन गर्ने भएकी छिन्।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक हुने सम्बोधनमा सरकारले लिने प्राथमिकता र आगामी कार्ययोजनाबारे वाचा सार्वजनिक हुने अपेक्षा गरिएको छ। सम्बोधनमार्फत सुशासन, विकास, संघीयता सुदृढीकरण र समावेशी नीतिका पक्षमा सरकारको अडान स्पष्ट पारिने अनुमान गरिएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दा भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र जनताको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्ने संकेत दिएकी थिइन्। आजको सम्बोधनमार्फत ती विषयलाई ठोस योजनासहित प्रस्तुत गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

साँझ ६ बजे प्रसारित हुने सम्बोधनलाई देशभर प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको छ।

 

  • सम्बन्धित समाचारहरु

    भारतको प्रतिक्रिया: १०० रुपैयाँभन्दा बढी सामानमा कस्टम ड्युटीबारे जानकारी, निजी प्रयोगमा सहजता रहने स्पष्टता

    Read more

    धनुषामा पत्रकार महासंघको ज्ञापनपत्र: सरकारी विज्ञापन नीतिको विरोध

    Read more