संघीयता सुदृढीकरण र सुशासनका पक्षमा मधेश प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता

असोज ९, जनकपुरधाम। मधेश प्रदेशसभामा संघीयता सुदृढीकरण, भ्रष्टाचार निर्मूल र सुशासन प्रवर्द्धनका लागि संयुक्त संकल्प प्रस्ताव दर्ता गरिएको छ।

तोडफोड तथा आगजनीका घटनाबाट प्रभावित भौतिक संरचना मर्मत–सम्भार गरेर पुनः सञ्चालनमा आएको प्रदेशसभामा सोमबार ९ दलले संयुक्त रुपमा प्रस्ताव दर्ता गरेका हुन्।

प्रस्तावमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने, सुशासन कायम गर्ने र सार्वजनिक निकायमा मौजुदा भ्रष्टाचार अन्त्य गर्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख छ। प्रदेशसभा स्रोतका अनुसार संकल्प प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ।

संकल्प प्रस्ताव दर्ता गर्ने दलहरूले मधेशको राजनीतिक स्थायित्व, जनताको विश्वास र संघीयताको सफलताका लागि पारदर्शिता र जवाफदेहितालाई आधार मान्नुपर्ने बताएका छन्।

प्रदेशसभाको ऐतिहासिक भवन पुनः सञ्चालनमा आएसँगै यो पहिलो पटक प्रमुख दलहरूले साझा संकल्प प्रस्तुत गरेको हुन्। यसलाई मधेशको राजनीतिक वृत्तले सकारात्मक कदमका रूपमा लिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    भारतको प्रतिक्रिया: १०० रुपैयाँभन्दा बढी सामानमा कस्टम ड्युटीबारे जानकारी, निजी प्रयोगमा सहजता रहने स्पष्टता

    Read more

    धनुषामा पत्रकार महासंघको ज्ञापनपत्र: सरकारी विज्ञापन नीतिको विरोध

    Read more