जेन–जी आन्दोलन दमन र सम्पत्ति शुद्धीकरण मुद्दामा संलग्न ठानिएका नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी

असोज ९, काठमाडौ ।  जेन–जी आन्दोलन दमन र सम्पत्ति शुद्धीकरणमा संलग्न ठानिएका शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी स्रोतले जनाएको छ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’  , रमेश लेखक लगायतका नेताहरूको आवासमा अनुसन्धान कार्य भइसकेको छ। उनीहरूको सम्पत्ति विवरण संकलनसहित मुचुल्का तयार पारिएको र अब राहदानी रोक्का गर्ने औपचारिक प्रक्रिया अघि बढाइएको हो।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सुझावअनुसार नेताहरूको विदेश यात्रा नियन्त्रण गर्न पासपोर्ट रोक्का गर्न लागिएको बताइएको छ। सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई निर्देशन दिने तयारी गरिरहेको छ।

यसअघि जेन–जी आन्दोलनका क्रममा भएको दमन, मानवअधिकार उल्लंघन र सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा संलग्न शीर्ष नेताहरूमाथि छानबिन तीव्र पारिएको छ। पासपोर्ट रोक्का निर्णयलाई आगामी दिनमा हुने कानुनी कारबाहीतर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा पत्रकार महासंघको ज्ञापनपत्र: सरकारी विज्ञापन नीतिको विरोध

    Read more

    मन्त्रिपरिषद्का तीन निर्णय: ऋण वार्ता, जग्गा फिर्ता, आईटी अध्ययन

    Read more