प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता

२५ साउन, काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीच रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।
भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।
भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा थप प्रभावकारी बनाउने तथा विकास साझेदारीका क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more