२६ असार , सर्लाही । फेरि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उपेन्द्र मण्डलका छोरा विवेकले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए।
गम्भीर रूपमा जलेका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


















