सरकारका सय दिन फाँसीवादतर्फको तीव्र यात्रा : ओली

२५ असार ,  काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन नेतृत्वको सरकारको पहिलो सय दिनलाई ‘फाँसीवादतर्फको तीव्र यात्रा’ भएको टिप्पणी गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारका सय दिनमा मुलुकमा सुशासनको सट्टा अराजकता र दुर्दशा बढेको आरोप लगाए।
उनले हिंसा, आगजनी, लुटपाट तथा कानुनी शासन कमजोर बनाउने गतिविधिप्रति सरकार मौन बसेको आरोप लगाउँदै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने बताए।
‘दुनियाँका घर जलेका छन्, कसले जलायो ? त्यसको क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन ? केहीलाई आगो लगाउने छुट, मान्छे मार्ने छुट, लुट्ने छुट, अनि केहीलाई निर्दोष हुँदाहुँदै पनि कारबाही गर्ने ?’ ओलीले भने, ‘यो फाँसीवादतर्फको यात्रा हो। फाँसीवादतर्फको तीव्र यात्राका सय दिन हुन्।’
ओलीले वर्तमान सरकारले कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउँदै मुलुकलाई गलत दिशातर्फ धकेलिरहेको आरोपसमेत लगाए।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more