नेतृत्व हस्तान्तरण गर्न तयार छु, महाधिवेशनबाट युवालाई प्राथमिकता दिन्छौँ : प्रचण्ड

१५ असार , काठमाडौं।— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। सोमबार बसेको पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले एउटै व्यक्ति लामो समयसम्म शीर्ष नेतृत्वमा बसिरहनु उपयुक्त नहुने बताएका हुन्।
पार्टी प्रचार विभागका उपप्रमुख अशेष घिमिरेका अनुसार प्रचण्डले आसन्न महाधिवेशनमार्फत केन्द्रीय कमिटीमा कम्तीमा ५० प्रतिशत युवालाई स्थान दिने तयारी भइरहेको जानकारी दिएका छन्। उनले पार्टीलाई पुस्तान्तरण र नयाँ नेतृत्व विकासतर्फ उन्मुख गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
बैठकमा प्रचण्डले संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता आवश्यक रहेको उल्लेख गरे। उनले पछिल्लो समय राजनीतिक उपलब्धिमाथि विभिन्न प्रकारका चुनौती बढ्दै गएको भन्दै त्यसप्रति सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
उनको भनाइलाई आगामी महाधिवेशन र पार्टीको भावी नेतृत्वबारे महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more