प्रहरी हुँ भन्दै लुटपाट गर्ने पक्राउ

काठमाडौं, असार १६ — आफूलाई प्रहरी परिचय दिँदै हत्कडी लगाएर नगद तथा अन्य सामग्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौंको टोखा नगरपालिका निवासी ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शेरबहादुर मोक्तानको वनस्थलीस्थित डेरामा उनका साथी जग्गा खरिद गर्ने विषयमा छलफल गर्न पुगेका थिए। सोही क्रममा करिब पाँच देखि छ जनाको समूह त्यहाँ पुगेर आफूहरू प्रहरी भएको परिचय दिएको थियो।

प्रहरीका अनुसार उक्त समूहले शेरबहादुरलाई हत्कडी लगाई उनीसँग रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा बैंकका चेकहरू लुटेर फरार भएको थियो।

घटनामा संलग्न चार जनालाई पक्राउ गरी उनीहरूमाथि सात दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more