राष्ट्रिय धान दिवसमा उपसभामुख रुबीकुमारी ठाकुर खेतमा, किसानसँगै गरिन् धान रोपाइँ

१५ असार , जनकपुरधाम।  — राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुर आफ्नै खेतमा पुगेर किसानसँगै धान रोपाइँमा सहभागी भएकी छन्।
जनकपुरधामको मुजेलिया क्षेत्रमा रहेको आफ्नै खेतमा पुगेकी ठाकुरले किसानसँगै धान रोप्दै कृषि पेशाप्रति सम्मान व्यक्त गरिन्। उनले कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड भएकाले किसानको श्रम, योगदान र उत्पादनको उचित मूल्याङ्कन हुनुपर्ने बताइन्।
उपसभामुख ठाकुर किसान परिवारबाट आएकी हुन्। उपसभामुख बन्नुअघि पनि उनी नियमित रूपमा खेतीपातीमा संलग्न रहने गरेको बताइन्छ। उनका बुबाआमा अहिले पनि कृषि कर्ममै सक्रिय रहेकाले सार्वजनिक जिम्मेवारीमा पुगेपछि पनि कृषि र किसानसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको उनले उल्लेख गरिन्।
असार १५ का दिन देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व विभिन्न कार्यक्रमका साथ मनाइन्छ। यस अवसरमा किसान, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू खेतमा पुगेर धान रोपाइँमा सहभागी हुने परम्परा रहँदै आएको छ।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more