जनकपुरधाममा पेस्तोल र गोलीसहित दुई युवक प्रहरी नियन्त्रणमा

१३ असार, जनकपुरधाम — धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र चार राउन्ड गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार शनिबार दिउँसो करिब १ बजे होटलमा खाना खान आएका दुई युवकसँग हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट एउटा पेस्तोल, एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली तथा ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद गरेको जनाएको छ।
बरामद गरिएको हातहतियार र गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा CFWA का कर्मचारीद्धारा रकम सहयोग

    Read more

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more