सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको आरोप, स्थानीयको विरोधपछि फर्किए

२९ जेठ,पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित नेपाल–भारत सीमा नजिक भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूभागतर्फ प्रवेश गरेको आरोप लगाउँदै स्थानीयवासीले विरोध जनाएका छन्।
स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीहरू खोला तरेर नेपाली क्षेत्रतर्फ गस्ती गर्दै आएका थिए। उनीहरूलाई नेपाली क्षेत्रमा आउनुको कारणबारे सोध्दा स्पष्ट जवाफ नदिएको र अटेरी गरेको आरोप स्थानीयको छ।
सुरक्षाकर्मीहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासी एकजुट भएर विरोधमा उत्रिएपछि केही समय तनावको अवस्था सिर्जना भएको बताइएको छ। स्थानीयको प्रतिकारपछि भारतीय सुरक्षाकर्मीहरू फर्किएको जनाइएको छ।
स्थानीयले सीमा क्षेत्रमा यस्ता गतिविधि दोहोरिनु चिन्ताजनक भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सीमाको सुरक्षा तथा नेपाली भूभागको संरक्षणका लागि राज्यले प्रभावकारी पहल गर्नुपर्ने मागसमेत गरेका छन्।
यसअघि पनि भारतीय सुरक्षाकर्मीहरूले नेपाली भूभागमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका थिए। सीमा क्षेत्रमा बेला–बेलामा देखिने यस्ता घटनाले स्थानीयवासीमा असन्तुष्टि बढ्दै गएको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more