पर्याप्त प्रमाण नपुगेपछि शिवशंकर साह हिरासहित सबै आरोपित ले पाए सफाइ

२७ जेठ, जनकपुरधाम। बालिका अपहरण तथा जबरजस्ती करणीसम्बन्धी चर्चित मुद्दामा जिल्ला अदालत धनुषाले नेकपा (एमाले) नेता शिवशंकर साह हिरासहित सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले अभियोग पुष्टि हुने पर्याप्त प्रमाण नपुगेको निष्कर्ष निकाल्दै ६ जनैलाई आरोपबाट मुक्त गरेको हो।

उक्त घटनापछि एमाले नेता शिवशंकर साह हिरा, अमित ठाकुर, संजय महासेठ, मनोज साह, रामकुमार साह तथा रामबाबु झाविरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरिएको थियो। साथै शिवशंकर साह हिरा, अमित ठाकुर र संजय महासेठमाथि अपहरणसम्बन्धी आरोप समेत लगाइएको थियो।

जिल्ला अदालत धनुषाले प्रस्तुत प्रमाण, साक्षी तथा तथ्यहरूको मूल्यांकनपछि अभियुक्तहरूविरुद्ध लगाइएका आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सबैलाई सफाइ दिएको जनाएको छ।

शिवशंकर साह हिरा नेकपा (एमाले) का प्रभावशाली नेता मानिन्छन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका थिए भने एमालेका महाधिवेशन प्रतिनिधिसमेत हुन्।अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको उक्त मुद्दा कानुनी रूपमा टुंगिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more