१२ जेठ, काठमाडौ । प्रधानमन्त्री बालेन साह ले यही जेठ १५ गते आयोजना हुने गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने भएका छन्।
शाहले आफू समारोहमा सम्बोधन नगर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिसमक्ष आग्रह गरेको स्रोतले जनाएको छ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा आयोजना हुने मूल समारोहमा प्रधानमन्त्रीले सरकारका तर्फबाट सम्बोधन गर्ने परम्परा रहँदै आएको छ। तर यसपटक भने प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा यसको विभिन्न कोणबाट चर्चा सुरु भएको छ।
यद्यपि प्रधानमन्त्रीले सम्बोधन नगर्नुको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
यस वर्षको गणतन्त्र दिवस समारोह काठमाडौंमा विशेष कार्यक्रमसहित आयोजना हुँदैछ। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।
















