मन्त्रिपरिषद् निर्णय: चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस, संविधान संशोधन कार्यदल गठन

१६ चैत, काठमाडौ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारको सिफारिसअनुसार अब राष्ट्रपतिबाट औपचारिक घोषणा भएपछि संसद् बैठक बस्नेछ।
बैठकले समसामयिक राजनीतिक र संवैधानिक विषयमा छलफल गर्दै संसद् सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले अधिवेशन बोलाउने निर्णय गरेको जनाएको छ। आगामी अधिवेशनमा विभिन्न विधेयक, नीतिगत बहस तथा समसामयिक मुद्दाहरू उठ्ने अपेक्षा गरिएको छ।
यससँगै सरकारले संविधान संशोधनका विषयमा अध्ययन तथा सुझाव प्रस्तुत गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ। कार्यदललाई संविधानका आवश्यक संशोधनका क्षेत्र पहिचान, परामर्श र सुझाव संकलन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more