मन्त्रिपरिषद् निर्णय: चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस, संविधान संशोधन कार्यदल गठन

१६ चैत, काठमाडौ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारको सिफारिसअनुसार अब राष्ट्रपतिबाट औपचारिक घोषणा भएपछि संसद् बैठक बस्नेछ।
बैठकले समसामयिक राजनीतिक र संवैधानिक विषयमा छलफल गर्दै संसद् सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले अधिवेशन बोलाउने निर्णय गरेको जनाएको छ। आगामी अधिवेशनमा विभिन्न विधेयक, नीतिगत बहस तथा समसामयिक मुद्दाहरू उठ्ने अपेक्षा गरिएको छ।
यससँगै सरकारले संविधान संशोधनका विषयमा अध्ययन तथा सुझाव प्रस्तुत गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ। कार्यदललाई संविधानका आवश्यक संशोधनका क्षेत्र पहिचान, परामर्श र सुझाव संकलन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

  • सम्बन्धित समाचारहरु

    राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल प्रणालीमा लैजाने घोषणा

    Read more

    चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

    Read more