जनकपुरधाममा बढ्दो कुकुर आतंक, स्थानीय त्रसित

३ चैत , जनकपुरधाम। शिवराम झा — जनकपुरधाममा पछिल्लो समय मच्छर र छाडाचौपायासँगै सडक कुकुरको आतंक पनि तीव्र रूपमा बढ्दै गएको छ। विशेषगरी रातको समयमा कुकुरहरूको झुण्डले सर्वसाधारणलाई सताउने, लखेट्ने तथा टोक्ने घटना बढेपछि स्थानीयवासी त्रसित बनेका छन्।
शहरका प्रायः सबै चौक तथा गल्लीहरूमा कुकुरको बिगबिगी देखिएको छ। जनकपुरधाम–१३ अन्तर्गत कवर्ड हल, पिराडी चौक, थापा चौकदेखि बारह बिघा रोड, देवी चौक तथा मिल्स एरिया लगायतका स्थानहरू कुकुरको आतंकबाट बढी प्रभावित क्षेत्रका रूपमा देखिएका छन्। साथै दशरथ नगर र जानकी नगर क्षेत्रमा समेत कुकुरको समस्या उस्तै बढ्दै गएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार राति हिँडडुल गर्नै कठिन हुने अवस्था सिर्जना भएको छ। “कुकुरले समूहमा आक्रमण गर्ने, लखेट्ने र टोक्ने घटनाहरू बढेका छन्, यसले दैनिक जनजीवन नै प्रभावित बनाएको छ,” एक स्थानीयले बताए।
स्थानीयवासीहरूले जनकपुरधाम उपमहानगरपालिकासँग कुकुर व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्। उनीहरूले सडक कुकुर नियन्त्रण, खोप तथा व्यवस्थापन कार्यक्रमलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
यस विषयमा सम्बन्धित निकायले हालसम्म ठोस पहल नगरेको भन्दै नागरिकले तत्काल ध्यान दिन आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more