धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह सर्वोच्च पुगे, पेसी निर्वाचनपछि

१९ फागुन , काठमाडौ । धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह सर्वोच्च पुगे, पेसी निर्वाचनपछि
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साहले उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
साहले मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्। तर उनको रिटको पेसी भने निर्वाचनपछि मात्र तोकिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार साहको रिट दर्ता भई फागुन २५ गतेका लागि पेसी निर्धारण गरिएको छ। धनुषामा प्रतिनिधिसभा निर्वाचन भने फागुन २१ गते हुँदैछ।
यसअघि निर्वाचन आयोगले निर्वाचनको दुई दिनअघि साहको उम्मेदवारी खारेज गरेको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको आधारमा उम्मेदवारी रद्द गरिएको हो।
आयोगमा पेश गरिएको वैयक्तिक विवरणअनुसार साह कमल निर्माण सेवाका सेयरधारकका रूपमा संलग्न रहेको खुलेको छ। साथै, कर्जा सूचना केन्द्रको वेबसाइटमा ‘किशोर कन्स्ट्रक्सन’का किशोरीलाल साहलाई २०७९ असोज ३१ र २०८० पुस ६ गते कालोसूचीमा राखिएको उल्लेख छ।
धनुषा–१ का निर्वाचन अधिकृत मनोज बरालले कालोसूचीमा परेको प्रमाणसहित उजुरी परेपछि आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको जानकारी दिए। रास्वपा उम्मेदवार साहको कम्पनी कालोसूचीमा रहेको प्रमाणसहित निर्वाचन क्षेत्र नम्बर–१ को कार्यालयमा उजुरी परेको र उक्त उजुरीमाथि कारबाहीका लागि आयोगलाई सिफारिस गरिएको उनले बताए।
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका साहको रिटमाथि निर्वाचनपछि सुनुवाइ हुने भएपछि धनुषा–१ को राजनीतिक समीकरण थप पेचिलो बनेको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more