गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

रौतहट, ९ फागुन — गौर नगरपालिका क्षेत्रमा बढ्दो तनाव र झडपको अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन्।
जिल्ला सुरक्षा समिति रौतहट को निर्णयानुसार मिति २०८२ साल फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू जारी गरिएको हो। आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्ति आवत–जावत गर्न, कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने व्यवस्था गरिएको छ।
यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी गरिएको प्रमुख जिल्ला अधिकारीको कार्यालयले जनाएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
कर्फ्यू लागू गरिएको क्षेत्रको सिमाना यसप्रकार तोकिएको छ—
पूर्व: मुडबलवा गेट
पश्चिम: लालबकैया बाँध
उत्तर: बम नहर
दक्षिण: गौर भन्सार कार्यालय
प्रशासनले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित थप अप्रिय घटना रोक्न कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। स्थानीयवासीलाई संयमता अपनाई प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more