चुनावी यात्रामा बालेन साह पुर्खौली गाउँ एकडारा पुगे, केही कार्यक्रम स्थगित

जनकपुरधाम, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका क्रममा आफ्नो पुर्खौली गाउँ महोत्तरीको एकडारा पुगेका छन्। सप्तरीबाट सुरु भएको उनको मधेश केन्द्रित चुनावी यात्रा सिरहा र धनुषा हुँदै महोत्तरी पुगेको हो।
अभियानका क्रममा साह सिरहाको गोलबजार र कल्याणपुर हुँदै सिरहा–धनुषा जोड्ने कमला पुल पुगेका थिए। त्यसपछि धनुषाको शहीदनगरस्थित यदुकोहा, धनुषाधाम हुँदै उनी जनकपुरधाम आइपुगेका थिए।
जनकपुरधाममा विभिन्न स्थानमा तय गरिएका कार्यक्रमहरू समय अभावका कारण स्थगित गरिएको जनाइएको छ। त्यसपछि साह सिधै महोत्तरीको जलेश्वर पुगेका थिए। जलेश्वरस्थित प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा बाहिरबाटै दर्शन गरेपछि उनी आफ्नो पुर्खौली गाउँ एकडारा पुगेका हुन्।
चुनावी अभियानलाई तीव्रता दिँदै साहले मधेशका विभिन्न जिल्लामा जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढिरहेको जनाइएको छ। स्थानीय तहका मतदातासँग प्रत्यक्ष संवाद गरी पार्टीका नीति, कार्यक्रम र समसामयिक राजनीतिक एजेण्डाबारे जानकारी गराउने उनको प्रयास जारी रहेको बताइएको छ।
यसैबीच, सुरक्षाको कारण देखाउँदै नगराइन, मुखियापट्टी मुसहरनिया हुँदै मटिहानीसम्म तय गरिएको चुनावी यात्रा तत्कालका लागि स्थगित गरिएको धनुषा क्षेत्र नम्बर–३ का रास्वपा प्रत्याशी मनीष झाले जानकारी दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more