तरुण दल जनकपुरधाम नगर सभापति पंकज कुमार महतोद्वारा पार्टी सदस्यताबाट राजीनामा

२७ माघ , जनकपुरधाम । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका जनकपुरधाम नगर सभापति तथा धनुषा क्षेत्र नम्बर–३ (ख) का प्रदेश सदस्य पंकज कुमार महतोले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्।

महतोले एक विज्ञप्ति जारी गर्दै आफूले आजको मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी दिएका हुन्। उनले आफ्नो कार्यकालमा पार्टीका विभिन्न पदाधिकारीबाट प्राप्त निरन्तर सहयोग, साथ र विश्वासप्रति आभार व्यक्त गरेका छन्।

राजीनामा पत्रमा उनले पार्टीमा काम गर्ने अवसर पाएकोमा कृतज्ञता प्रकट गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, पार्टीको उज्ज्वल भविष्यको कामना गर्दै आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more