ओलीको चुनावी वाचा: बहुमत आए छ महिनाभित्र घरघरमा ग्यास वितरण

२२ माघ,काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याएपछि घरघरमा ग्यास वितरण गर्ने वाचा गरेका छन्।
निर्वाचन केन्द्रित कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकार गठन भएको छ महिनाभित्रै ग्यास वितरण सुनिश्चित गर्ने दाबी गरे। उनका अनुसार ऊर्जा पहुँच विस्तार र जनताको दैनन्दिन जीवन सहज बनाउन यस्तो कार्यक्रम ल्याइनेछ।
ओलीले यसअघि पनि चुनावी अभियानका क्रममा घरघरमा ग्यास उपलब्ध गराउने आश्वासन दिएका थिए। सो विषय सामाजिक सञ्जालमा व्यापक चर्चा तथा आलोचनाको विषय बनेको थियो। पुनः सोही प्रतिबद्धता दोहोर्‍याएपछि यसपटक पनि विभिन्न प्रतिक्रिया सार्वजनिक हुन थालेका छन्।
एमालेले भने ऊर्जा पूर्वाधार विस्तार, वैकल्पिक इन्धनको प्रवर्द्धन र वितरण प्रणाली सुधारमार्फत योजना कार्यान्वयन सम्भव रहेको दाबी गरेको छ। तर, कार्यक्रमको स्रोत व्यवस्थापन, बजेट संरचना र कार्यान्वयन मोडालिटीबारे विस्तृत खाका सार्वजनिक गरिएको छैन। निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूले आ–आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more