जसपाले आठ नेतालाई पार्टीबाट निष्कासन गर्‍यो

माघ १४, जनकपुरधाम।  आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी नीति, निर्णय र अनुशासनविपरीत गतिविधि गरेको आरोपमा आठ जना नेतालाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
पार्टीले जारी गरेको सूचनामा प्रत्यक्षतर्फ आधिकारिक उम्मेदवारका विरुद्ध उम्मेदवारी दर्ता गरेको तथा पार्टीको हित, विधान र अनुशासनविपरीत कार्य गरेको ठहर गर्दै उनीहरूलाई आजकै मितिबाट लागू हुने गरी निष्कासन गरिएको उल्लेख छ।
निष्कासित हुनेमा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रदीप यादव, बारा निर्वाचन क्षेत्र नं. २ का चन्दन कुमार सिंह र आत्माराम साह, बारा निर्वाचन क्षेत्र नं. १ का कमरुल्लाह अन्सारी, सर्लाही निर्वाचन क्षेत्र नं. ४ का उदयकान्त मिश्र, महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का हरिनारायण यादव, बारा निवासी नवल किशोर सिंह तथा महोत्तरीका डा. शिवजी यादव रहेका छन्।
जसपाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु गम्भीर अनुशासनहीनता भएको ठहर गर्दै आगामी दिनमा यस्ता गतिविधि सहन नहुने चेतावनी दिएको छ।
आसन्न निर्वाचनलाई ध्यानमा राख्दै पार्टीभित्र अनुशासन कडाइका साथ कार्यान्वयन गर्ने नीति लिइएको जसपाले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more