संसद् पुनर्स्थापनासम्बन्धी रिट छिटो सुनुवाइ माग गर्दै कांग्रेसका पूर्व सांसद सर्वोच्च जाँदै

माघ १४, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि शीघ्र सुनुवाइ गर्न माग गर्दै नेपाली कांग्रेसका पूर्व सांसदहरूको टोलीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएको छ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरेको नेतृत्वमा पूर्व सांसदहरूको टोलीले रिटको पेसी तोक्न र सुनुवाइ प्रक्रिया अघि बढाउन आग्रह गर्न बिहीबार प्रधानन्यायाधीशसँग भेट्ने समय लिएको हो।
घिमिरेका अनुसार कांग्रेस, एमाले लगायतका पक्षबाट संसद् पुनर्स्थापनाको माग गर्दै दर्जनभन्दा बढी रिट दायर भएका छन्। तर हालसम्म सर्वोच्च अदालतले ती रिटमा पेसी तोकेको छैन। “रिट परेपछि त्यसलाई टुंगोमा पुर्‍याउनुपर्छ। न्यायालयले संविधानको व्याख्या गर्नुपर्छ। पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुंग्याउनुस् भन्ने हाम्रो आग्रह हो,” घिमिरेले बताए।

उनले एमाले सांसदहरूलाई पनि ध्यानाकर्षणका लागि सर्वोच्च अदालत जान खबर गरिएको जानकारी दिए। कांग्रेसका ६५ जना पूर्व सांसदले संसद् पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेका छन्। उपलब्ध पूर्व सांसदहरू बिहीबार सर्वोच्च अदालत पुग्ने तयारीमा रहेका छन्।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more