प्रजातन्त्र दिवसमा जनकपुरमा कांग्रेसको आमसभा, गगन थापालगायत शीर्ष नेताको सम्बोधन हुने

जनकपुरधाम, माघ ११ गते । नेपाली कांग्रेसले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते जनकपुरधाममा आमसभा गर्ने भएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन्।
चालिसेले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘त्याग र समर्पणको पवित्र भूमि—शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा’ आयोजना गरिने उल्लेख गरेका छन्। सभामा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको उनले जनाएका छन्।
यसअघि कांग्रेसले माघ १६ गते जनकपुरमा आमसभा गर्ने तयारी गरेको थियो। तर निर्वाचन आचारसंहिताका कारण सो कार्यक्रम स्थगित गरिएको थियो।

  • सम्बन्धित समाचारहरु

    मधेश सरकारले प्रहरीलाई ३५ थान १२५ सीसी सुपर स्प्लेन्डर मोटरसाइकल प्रदान

    Read more

    अब ४८ घण्टाअगावै आकस्मिक बाढीको पूर्वसूचना, बाढी पूर्वानुमान पनि ५ दिनसम्म

    Read more