रास्वपा–उज्यालो नेपाल एकता भंगपछि राजनीतिक वृत्त तातेको, नेतृत्व र पद–केन्द्रित राजनीतिमाथि प्रश्न

पुस २६, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ। एकता टुटेसँगै सामाजिक सञ्जाल र सार्वजनिक बहसमा नेतृत्व, पद–केन्द्रित राजनीति र बार्गेनिङ प्रवृत्तिमाथि प्रश्न उठ्न थालेका छन्।
सामाजिक सञ्जालमा ज्वाला संग्रौला, आसिम शाह, आसिफ शाह र रामप्रसाद भट्टराईलगायत व्यक्तिहरूले दलहरूभित्र बढ्दै गएको पद–केन्द्रित सोच, राजनीतिक सौदाबाजी र नेतृत्वको प्राथमिकतामाथि आलोचनात्मक टिप्पणी गरेका छन्। उनीहरूले राजनीतिक दलहरू नीतिभन्दा पद र शक्ति व्यवस्थापनमा केन्द्रित हुँदा वैकल्पिक राजनीति कमजोर हुँदै गएको धारणा व्यक्त गरेका छन्।
कुलमान घिसिङ रास्वपाबाट बाहिरिएपछि पार्टीभित्रकै केही कार्यकर्ताले पनि सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्न थालेका छन्। ती कार्यकर्ताहरूले कुलमानलाई काम गर्ने क्षमता र भिजन भएका व्यक्तिका रूपमा स्वीकार गरे पनि पदको स्वार्थ, नेतृत्वको आकांक्षा र परिवारवादको प्रश्नमा भने कडा आलोचना गरेका छन्। केहीले त यस मामिलामा उनी प्रचण्डभन्दा पनि अगाडि रहेको टिप्पणीसमेत गर्न थालेका छन्।
एकता भंगसँगै उठेका यी प्रतिक्रियाले रास्वपा र उज्यालो नेपाल पार्टी दुवैका लागि नेतृत्व, आन्तरिक लोकतन्त्र र राजनीतिक संस्कारबारे पुनः प्रश्न उठाएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more