प्रचण्ड–कुलमान एकताको तयारी, बालेन रोक्न प्रधानमन्त्रीको उम्मेदवार बनाउने रणनीति

पुस २६, काठमाडौ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग कुलमान घिसिङ एकता प्रक्रियामा जाने तयारीमा पुगेका छन्। स्रोतका अनुसार दुवै पक्षबीच राजनीतिक सहकार्य र भावी भूमिकाबारे आन्तरिक छलफल तीव्र बनेको छ।

स्रोतले जनाएको अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको राजनीतिक प्रभावलाई रोक्ने रणनीतिका रूपमा कुलमान घिसिङलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारीसमेत गरिरहेको छ। कुलमानको सार्वजनिक छवि, प्रशासनिक अनुभव र सुधारमुखी पहिचानलाई उपयोग गर्दै नयाँ राजनीतिक सन्देश दिन खोजिएको बताइएको छ।

एकतापछि नेकपाभित्र कुलमानलाई वरिष्ठ नेताको रूपमा स्थापित गर्ने तयारी छ। पार्टी संरचनामा उनलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालपछि वरिष्ठ नेताको दर्जा दिने सहमति नजिक पुगेको स्रोतको दाबी छ। यसले पार्टीभित्र शक्ति सन्तुलन र भावी नेतृत्व उत्तराधिकारमा समेत प्रभाव पार्ने आँकलन गरिएको छ।

यद्यपि यस विषयमा नेकपा र कुलमान घिसिङ दुवै पक्षबाट औपचारिक घोषणा भने भइसकेको छैन। तर पछिल्ला राजनीतिक गतिविधि र आन्तरिक छलफलले निकट भविष्यमा ठोस निर्णय सार्वजनिक हुन सक्ने संकेत देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more