सालपा विकास बैंकको आईपीओ बाँडफाँट

  • अर्थ
  • १० महिना अगाडि
  • 0 Comments

२५ पुस, काठमाडौं । सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) बाँटफाँट भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओ पुस १६ देखि २० गतेसम्म खुलेको थियो । आईपीओमा कुल २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको थियो ।

स्वीकृत आवेदनमध्ये १ लाख ४३ हजार ९१७ जनाले सेयर पाएका छन् । सेयर पाएकामध्ये पनि ९ जनाले ११ कित्ताका दरले पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका छन् ।

आवेदन स्वीकृत भएकामध्ये २१ लाख २२ हजार ३८ जनाको हात रित्तो भएको छ । स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या जम्मा ६.३५ प्रतिशत मात्रै हो । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणाली आईपीओ रिजल्ड डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ छ । २ करोड ७० लाख रुपैयाँको जगेडा कोष छ । खोटाङ जिल्लामा कारोबार गर्न अनुमति पाएको यसको कर्पोरेट कार्यालय दिक्तेलमा छ ।

जारी पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको यसले क्रेडिट रेटिङ कम्पनी इन्फोमेरिक्सबाट बी रेटिङ पाएको छ । जसले कम्पनीलाई दायित्व बहनमा मध्यमस्तरको जनाउँछ।

सम्बन्धित समाचारहरु

ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिन आयल निगमको निर्देशन

Read more

दसैँपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामै ११ हजार ६०० रुपैयाँ सस्तो

Read more