सालपा विकास बैंकको आईपीओ बाँडफाँट

  • अर्थ
  • ३ महिना अगाडि
  • 0 Comments

२५ पुस, काठमाडौं । सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) बाँटफाँट भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओ पुस १६ देखि २० गतेसम्म खुलेको थियो । आईपीओमा कुल २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको थियो ।

स्वीकृत आवेदनमध्ये १ लाख ४३ हजार ९१७ जनाले सेयर पाएका छन् । सेयर पाएकामध्ये पनि ९ जनाले ११ कित्ताका दरले पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका छन् ।

आवेदन स्वीकृत भएकामध्ये २१ लाख २२ हजार ३८ जनाको हात रित्तो भएको छ । स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या जम्मा ६.३५ प्रतिशत मात्रै हो । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणाली आईपीओ रिजल्ड डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ छ । २ करोड ७० लाख रुपैयाँको जगेडा कोष छ । खोटाङ जिल्लामा कारोबार गर्न अनुमति पाएको यसको कर्पोरेट कार्यालय दिक्तेलमा छ ।

जारी पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको यसले क्रेडिट रेटिङ कम्पनी इन्फोमेरिक्सबाट बी रेटिङ पाएको छ । जसले कम्पनीलाई दायित्व बहनमा मध्यमस्तरको जनाउँछ।

सम्बन्धित समाचारहरु

पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

Read more

पेट्रोलियमपछि अब पिउने पानीको मूल्य बढ्ने तयारी

Read more