‘राजीनामा दिए मेरै मान्छे मन्त्री चाहिन्छ’ : प्रधानमन्त्रीको राजीनामा मागपछि कुलमानको क्याबिनेटमै सौदाबाजी

पुस २३, काठमाडौ ।

प्रधानमन्त्री कार्कीले राजिनामा मागेपछि कुलमानले भने, ‘मैले राजीनामा दिने हो भने म रहेको मन्त्रालयमा मेरै मान्छे मन्त्री बन्नुपर्छ ।’सोमबार बिहान ११ः ३० मा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्यो । सदाझैँ नियमित बैठक विषय रहे पनि योपटक प्रधानमन्त्री सुशीला कार्की फरक मुडमा थिइन् । उनी दलीय रूपमा सक्रियता देखाइरहेका मन्त्रीहरूसँग रुष्ट थिइन् । उनी रुष्ट हुने कारण एउटै थियो, नागरिक सरकार भनेर गठन भएको सरकारमा दलमा आबद्ध भएका व्यक्ति अझै सरकारमा बसिरहनु । उनी आफैँले भन्ने मुडमा थिइनन् । तर, जबजब चुनावकाे मिति नजिकिँदै गयो, केही मन्त्रीहरू सरकारका काममा भन्दा चुनावमा बढी ध्यान दिन थालेपछि सोमबार मुखै फोरेर सरकार छाड्न भनिन् । ‘ तपाईँहरूले राम्रो काम गर्नुभयो । गुमाउन मन त थिएन नि के गर्नु,’ उनले थपिन् ‘नागरिक सरकारको स्वस्थता कायम गर्नुपर्ने भएकोले आफ्नो बारेमा निर्णय लिनुहोला ।’

प्रधानमन्त्री कार्कीले मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तालक्षित धारणा राखेपछि उनलाई सघाउ गर्दै केही मन्त्रीहरूले आफ्नो धारणा राखे । कुनै दलमा सहभागी नहुने, चुनाव नलड्ने र यही सरकारलाई सहयोग गर्ने मनसुवा राख्ने मन्त्रीहरूले प्रधानमन्त्रीको भनाइमा हो मा हो मिलाएपछि कुलमान जङ्गिए ।

उनले कार्कीको भनाइलक्षित जवाफ दिँदै भने, ‘मैले राजीनामा दिने हो भने म रहेको मन्त्रालयमा मेरै मान्छे मन्त्री बन्नुपर्छ ।’

कुलमान यसरी जङ्गिदा केहीबेर क्याबिनेटमा पक्ष विपक्षमा चर्काचर्कीसमेत भएको सहभागी एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कार्की अन्य बैठकमा भन्दा सोमबारको बैठकमा आक्राम्क रूपमा प्रस्तुत भएकी थिइन् । उनले कुलमानबारे मात्रै होइन, सञ्चारमन्त्री खरेल र खेलकुदमन्त्री गुप्तालाई पनि प्रष्टसँग मार्गप्रशस्त गर्न भनेकी थिइन् ।

‘यो कुनै चिया चमेनामा भनेको कुरा होइन । प्रस्टसँग औपचारिक मन्त्रिपरिषद् बैठकमा भनिएको कुरा हो नि,’ ती मन्त्रिपरिषद् सदस्यले भने, ‘प्रधानमन्त्रीले मुखै खोलेर भनेको २४ घण्टा बितिसक्दा पनि उहाँहरूबाट राजीनामा आएको छैन ।’

लीय राजनीतिमा सक्रिय भएका मन्त्रीलाई यसअघि देखि नै प्रधानमन्त्रीले आफैँ जानेर मार्गप्रशस्त गरुन् भन्ने चाहेकी थिइन् । तर, मन्त्रालयमा बसिरहेका कारण सोमबार मुखै खोलेर भन्नुपरेको ती सदस्यले जानकारी दिए । उनले भने ‘कुलमानजीले यसरी गैरव्यवसायीकरण सौदावाजी गर्नुहोला भनेर हामीले सोचेकै थिएनौँ । उहाँको त्यो भनाइप्रति हामी दलीय राजनीतिमा नजाने सोच बनाएकाहरू पनि कड्कियौँ ।’

श्रोत -मिलन बुढाथोकीले लेखेको यो समाचार सिलापत्रमा छापिएको छ ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more