जसपा नेपालबाट महन्थ ठाकुर राष्ट्रिय सभा उम्मेदवार

पुस २३, जनकपुरधाम।  जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ। कांग्रेस र एमालेसँग भएको भागबण्डा सहमतिअनुसार जसपा नेपालले मधेस प्रदेशबाट ठाकुरलाई उम्मेदवारका रूपमा अघि सारेको हो।
लोसपा नेपालका अध्यक्षसमेत रहेका ठाकुरले केही समयअघि मात्रै जसपा नेपालसँग पार्टी एकता गर्ने सहमति जनाएका थिए। सोही सहमतिपछि उनी राष्ट्रिय सभाको उम्मेदवार बनेका हुन्।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तय भएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। जसपा नेपालले मधेस प्रदेशमा आफ्नो प्रतिनिधित्व सुदृढ गर्ने रणनीतिअनुसार ठाकुरलाई उम्मेदवार बनाएको पार्टी स्रोतको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more