प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै चार नयाँ मन्त्रीको नियुक्ति, आजै शपथ

मंसिर २६, काठमाडौ ।  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै चार नयाँ मन्त्रीको नियुक्ति गरेकी छन्। प्रधानमन्त्रीले सिफारिस गरेको नामसूची राष्ट्रपति कार्यालयमा पठाइसकेको छ भने आजै अपराह्न ३ बजे शीतल निवासमा शपथग्रहण कार्यक्रम तय गरिएको छ।

नवनियुक्त मन्त्रीहरू यसप्रकार छन्:
– कुमार इङ्नाम – भूमि मन्त्रालय
– राजेन्द्रसिंह भण्डारी – श्रम मन्त्रालय
– माधव चम्लागाईं – वन मन्त्रालय
– श्रद्धा श्रेष्ठ – महिला मन्त्रालय

यससँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषदको सदस्य संख्या १४ पुगेको छ। सरकारका अनुसार मन्त्रिपरिषद विस्तार कार्यक्षमता वृद्धि, नीति कार्यान्वयनमा तीव्रता, र समावेशी नेतृत्व सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो।

सरकारी स्रोतका भनाइमा, नयाँ मन्त्रीहरूको छनोटमा क्षेत्रीय सहभागिता, पेशागत अनुभव, लैंगिक तथा सामाजिक समावेशीकरणलाई विशेष प्राथमिकता दिइएको छ। मन्त्रालयमा नेतृत्व थपिएसँगै निर्णय क्षमता बढ्ने र आगामी कार्यक्रमहरूको कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गरिएको बताइएको छ।

आज शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राजनीतिक, प्रशासनिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। शपथपछि नवनियुक्त मन्त्रीहरूले आफ्नो-आफ्नो मन्त्रालयमा कार्यभार बुझेर विकास तथा नीति कार्यक्रमलाई अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more