प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असई पदमा भर्ना खुल्यो

२६ मंसिरकाठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक  (इन्सपेक्टर) र सहायक निरीक्षक (असई)मा भर्ना खुलाएको छ ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असई पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभागवृत्ति विकास महाशाखाभार्ना छनोट शाखाले जनाएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइट मा गएर करियरभित्र online application गएर दर्खास्त दिन सकिन्छ । अर्थात यहाँबाट सिधै लगइन गरेर अनलाइन दर्खास्त दिन सकिन्छ ।

सम्बन्धित समाचारहरु

रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

Read more

विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

Read more