एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित

पुस ३, काठमाडौ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। एमालेको जारी महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए। मतगणनाको अन्तिम नतिजाअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी पोखरेलले ५६४ मत पाएका छन्।

यससँगै ओलीले लगातार तेस्रोपटक एमालेको नेतृत्व गर्ने अवसर पाएका छन्। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र रणनीतिमा ओलीको प्रभाव निरन्तर रहने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more