लोसपका वरिष्ठ नेता शरतसिंह भण्डारी लाई मटिहानीमा पार्टी कार्यकर्ताद्वारा स्वागत

मंसिर २४, मटिहानी ।  पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी र पार्टीकी केन्द्रिय कोषाध्यक्ष तथा संविधानसभा सदस्य निर्जला राउत आज मटिहानी आइपुगेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले उनीहरूलाई भव्य रूपमा स्वागत गरेका छन्।

स्वागत कार्यक्रममा मधेश प्रदेश सभाका सदस्य जैनुल राईन र रमिता प्रधान पनि सहभागी थिए। स्थानीय तहका नेता, कार्यकर्ता तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमलाई उत्साहजनक मानिएको छ।

कार्यक्रमका क्रममा लोसपा मटिहानी नगर समितिका अध्यक्ष श्यामकुमार मण्डलले नगरस्तरमा पार्टीको संगठन विस्तार, गतिविधि, स्थानीय संरचना तथा आगामी योजना सम्बन्धी विस्तृत जानकारी वरिष्ठ नेतृत्वसमक्ष प्रस्तुत गरेका थिए।

भण्डारी र राउतलाई नगरस्तरमा पार्टीप्रति बढ्दो विश्वास, स्थानीय सामाजिक–राजनीतिक अवस्थाबारे प्रत्यक्ष अवलोकन तथा कार्यकर्ताहरूसँगको अन्तरक्रियाका उद्देश्यले भ्रमण गरिएको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more