जनकपुरधाममा ओडिसी नृत्य प्रस्तुति सम्पन्न

मंसिर २४, जनकपुरधाम। — भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा जनकपुरधाममा ओडिसा (ओडिसी) नृत्य प्रस्तुति भव्य रूपमा सम्पन्न भएको छ। मिथिला विकास कोषको सभाकक्षमा आयोजित कार्यक्रम नेपाल–भारतको साझा सांस्कृतिक विरासत झल्काउने विषयवस्तुमा केन्द्रित रह्यो।

ओडिसाका कलाकारहरूले राधा–कृष्ण, सीता–राम तथा बुद्धको जीवन दर्शनमा आधारित नृत्य तथा गीतिनाटक प्रस्तुत गरेका थिए। कलात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत गरिएको कार्यक्रमले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको सहभागीहरूले बताए।

कार्यक्रमको उद्घाटन सत्रमा भारतीय महावाणिज्यदूत देवीसहाय मिनाले नेपालको मिथिला कला र भारतको ओडिसा नृत्यजस्ता सांस्कृतिक सम्पदाले दुई देशबीचको सम्बन्ध अझ घनिष्ट बनाउन मद्दत गर्ने उल्लेख गरे।
उनले सांस्कृतिक कूटनीति मैत्रीपूर्ण सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम भएको भन्दै यस्ता कार्यक्रम निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको उद्घाटन मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख रामभरोस कापडीसहितका विशिष्ट अतिथिहरूले गरेका थिए। कार्यक्रममा स्थानीय कलाकार, समाजसेवी र सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more