मंसिर ७,विराटनगर। नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि आइतबार विराटनगर विमानस्थल नजिकै आक्रमणको प्रयास भएको छ। बस्नेत इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन आएका थिए।
सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै बस्नेतको भ्रमण पार्टी र सुरक्षा निकायले गोप्य राखेका थिए। विमानस्थलमा अवतरण गरेलगत्तै उनी सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेराभित्र सुरक्षित रूपमा लिएर गन्तव्यतर्फ लगिएका थिए।
सुरक्षा उच्च सतर्कताका बावजुद पनि विमानस्थल नजिकै बस्नेतमाथि आक्रमणको प्रयास भएको स्रोतले जनाएको छ। बस्नेत राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ कार्यक्रममा सहभागी हुन आएका थिए। उनीसँगै एमाले नेता भानुभक्त ढकाल पनि उपस्थित थिए।सुरक्षा निकायहरूले घटना थप अनुसन्धान गरिरहेको र सार्वजनिक क्षेत्रमा सुरक्षा सतर्कता कायम गरिएको जनाइएको छ।
















