मंसिर ७, जनकपुरधाम। मर्यादा पुरुषोत्तम भगवान श्रीराम र माता जानकीको शुभ विवाह महोत्सवको शुभ अवसरमा यस पालिकाभित्रका सबै संस्थागत विद्यालयहरू मिति २०८२/०८/०८ देखि २०८२/०८/१० गतेसम्म पठन–पाठन बन्द रहने जानकारी गराइएको छ। विवाहपञ्चमीका अवसरमा जनकपुरधाममा हुने भीड, सुरक्षा र व्यवस्थापनका कारण विद्यालय बिदा दिने निर्णय सम्बन्धित संघ–संस्थाहरूले सार्वजनिक गरेका छन्।
प्याब्सन, एन–प्याब्सन र हिसानले जारी गरेको जानकारीअनुसार जनकपुरधाम धार्मिक तथा सांस्कृतिक पहिचानको केन्द्र भएकाले हरेक वर्षझैँ यस वर्ष पनि ठूलो संख्यामा तिर्थालु तथा भक्तजनको आगमन हुने अपेक्षा गरिएको छ। भीड व्यवस्थापन तथा सुविधाजनक वातावरणका लागि बास, शौचालय तथा पिउने पानीको व्यवस्था गर्न पालिकाभित्रका सबै संस्थागत विद्यालयका संस्थापकज्यूहरूलाई सहयोग गर्न अपिल गरिएको छ।
बास व्यवस्थापनका लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर :-
लालजी ठाकुर- 9844053841
पप्पु अग्रवाल – 9854020110
सन्जिव ठाकुर- 9801625043
रविन्द्र कुमार चौधरी – 9854030724
आशिष् कुमार झा- 9854029471
दिपक कुमार ठाकुर- 9840028723
विवाहपञ्चमी महोत्सवलाई सफल, मर्यादित र भक्तिभावपूर्ण बनाउन विद्यालयहरूको सक्रिय सहयोग आवश्यक भएको भन्दै संगठनहरूले एकमतमा आग्रह गरेका छन्।
















