बयानका लागि ओली र लेखकलाई बोलाउने तयारी

मंसिर ७, काठमाडौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे सत्य–तथ्य पत्ता लगाउन बनेको छानबिन आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिन अन्तिम तयारी गरेको छ। आयोगका अनुसार आवश्यक आधार जुटाउन अब हुने उच्चस्तरीय बयानपछि उनीहरूलाई औपचारिक रूपमा बोलाइनेछ।

असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले मुख्यसचिव एकनारायण अर्यालदेखि डीआईजीस्तरसम्मका अधिकारीहरूको बयान गरिसकेको छ। साथै नेपाली सेनासँग पनि लिखित जानकारी मागिएको छ।

अध्यक्ष कार्कीका अनुसार तत्कालीन उपत्यका प्रमुख, प्रहरी महानिरीक्षक र सचिवस्तरका अधिकारीहरूको बयान अझै बाँकी छ। ती बयानपछि ओली र लेखकका लागि प्रश्नावली तयार पारिने र सम्भवतः एक साताभित्रै बयान प्रक्रिया सकिने योजना आयोगको छ।आयोगले आन्दोलनका घाइते र प्रत्यक्ष प्रभावितहरूसँग पनि भेटघाट गरी थप तथ्य संकलन गर्ने तयारीसमेत गरेको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more