सरकार–महाभियानबीच समझदारी, नेपाल बन्द तथा आमहड्ताल फिर्ता

काठमाडौं, मंसिर ६ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिर नागरिक बचाउ महाभियान नेपाल बीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताले देशव्यापी नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने महत्वपूर्ण सहमति गरेको छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाभियानका प्रतिनिधि प्रेमदीप लिम्बूसहितको टोलीबीच सम्पन्न वार्तामा महाभियानले उठाएका २७ बुँदे मागबारे विस्तृत रूपमा छलफल गरिएको थियो।

वार्तामा वर्तमान शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्दै सरकार पक्षले महाभियानका जायज मुद्दाहरूको समाधानका लागि निरन्तर संवाद, छलफल र सहजीकरणमार्फत अघि बढ्ने प्रतिबद्धता जनायो।

यसै क्रममा महाभियानले मंसिर ७ गतेदेखि घोषणा गरेको नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालको कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रूपान्तरण गर्ने निर्णय गरेको छ।

दुवै पक्षबीच चाँडै महाभियानको शीर्ष नेतृत्वसहित अर्को चरणको वार्ता आयोजना गर्ने समझदारीसमेत बनेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।यस सहमतिले मुलुकमा बढ्दै गएको तनाव नियन्त्रणमा आइरहेको र राजनीतिक संवादलाई अगाडि बढाउन वातावरण बनेको विश्लेषण गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more