बाराको सिमरामा कर्फ्यू आदेश

३ मंसिर, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ ।

बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।

गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ । सिमरा एयरपोर्टमा जेनजीले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भानाभान भएको थियो । त्यस क्रममा प्रहरी र जेनजीबीच झडप भएको हो । झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजन गरेको छ । कार्यक्रम सम्बोधन गर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन् ।

उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्।

हेर्नुहोस् कर्फ्यू आदेश :

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more