एकरहियामा भव्य रूपमा आयोजना हुँदै माँ काली पूजा,आज कलषयात्रा सम्पन्न

कार्तिक ३, एकरहिया/महोत्तरी । अभनिस झा—–  मिथिला क्षेत्रभर लक्ष्मीपूजाको उल्लाससँगै महोत्तरीको पिपरा गाउँ पालिका-१  एकरहिया गाउँमा यस वर्ष भव्य रूपमा आयोजना हुने माँ काली पूजाको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। माँ काली पूजा समिति एकहरिया तथा सम्पूर्ण गाउँवासीको संयुक्त आयोजनामा यो धार्मिक तथा सांस्कृतिक कार्यक्रम सात गते सम्म चल्नेछ।

बिगत १४ वर्ष देखि निरन्तर आयोजना हुदै आएको काली पूजा, समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार यश वर्षको पूजा आज कात्तिक ३ गते  बिहान ८:०० बजे कलश शोभा यात्रा निकालिँदै कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ । आजै राती माँ कालीको मुख्य पूजा गरिनेछ।

त्यसपछिल्लो दिन कात्तिक ४ गते बिहान ७:०० बजे बली प्रदान कार्यक्रम आयोजना हुनेछ। त्यसै दिन बिहान ९:०० बजे खोइंच भराई कार्यक्रम र दिउँसो २:०० बजे स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न गरिनेछ।

पूजा समिति को अनुसार  कात्तिक ४ गतेदेखि ६ गतेसम्म हरेक दिन साँस्कृतिक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिनेछन्। यस क्रममा स्थानीय कलाकारदेखि मिथिला क्षेत्रमा ख्याति प्राप्त सांस्कृतिक समूहहरूले भक्तिगीत, झाँकी प्रदर्शन, नृत्य र नाटक प्रस्तुत गर्ने तयारी भइरहेको छ।

कार्यक्रमको समापन कात्तिक ७ गते (२०७८/०७/०७) मा माँ कालीको बिसर्जनसहित गरिनेछ। बिसर्जनका क्रममा गाउँभर शोभा यात्रा निकालिने र सामूहिक प्रसाद वितरण कार्यक्रम पनि आयोजना गरिने बताइएको छ।

समितिका अध्यक्ष बृजमोहन झाका अनुसार, “यो पूजाले केवल धार्मिक विश्वासलाई बलियो बनाउँदैन, गाउँमा एकता, सद्भाव र संस्कृतिको संरक्षणमा पनि ठूलो योगदान पुर्‍याउँछ।” सचिव गौतम झाले भने, “यस वर्षको पूजामा युवाहरूको सहभागिता उत्साहजनक देखिएको छ, गाउँभर सरसफाइ, सजावट र प्रकाशको विशेष व्यवस्था गरिएको छ।”

मा काली पूजाको सम्पूर्ण कार्यक्रममा स्थानीय बासिन्दा, प्रवासी एकहरियावासी र आसपासका भक्तजनहरूको ठूलो भीड हुने अनुमान गरिएको छ।धार्मिक वातावरणमा सजिएको एकरहिया गाउँ अहिले दीप, बत्ती र देवी भजनले उज्यालो र श्रद्धाले भरिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more